काठमाडौं: भ्रष्टाचार सूचकांकमा नेपालको एक स्थान खस्किएको छ । नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा रहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२४ मा नेपालले झिनो सुधार गरेको हो ।

धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो ।

सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version