काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुमा आफूहरूको गल्ती रहेको स्वीकार गरेको छ ।

बुधबार दिउँसो बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर पानी जलमग्न बनेको छ ।

यो क्षेत्रमा विद्युत् प्राधिकरणले सडकमा विद्युत्‌लाइन भूमिगतको काम गरिरहेको थियो । उक्त काम गर्ने क्रममा पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवस पाइपलाइनमा क्षति पुगेको विद्युत् प्राधिकरणले स्वीकार गरेको छ ।

उक्त विद्युत् भूमिगतको काम निर्माण कम्पनी के.ई.आईले गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version