काठमाडौँ: स्थानीय बजारमा सुनको मूल्य ४ हजार रुपैयाँले बढेको छ । आज बढेसँगै सुनको मूल्य सर्वाधिक उचाइमा पुगेको छ ।

बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार फागू पूर्णिको सार्वजनिक बिदा परेकोले सूनको मूल्य निर्धारण गरिएको थिएन ।

त्यसैगरी, आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६.६ अमेरिकी डलर र चाँदी ३३.८५ डलरमा कारोबार भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version