काठमाडौँ: सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

मन्त्रिपरिषदको फागुन २६ गते बसेको बैठकले सिफारिस समिति गठन भएको हो । गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा सिफारिस गठन समिति गठन भएको हो ।

सिफारिस समितिको सदस्यमा नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन् । भट्टराई पूर्वगभर्नर हुन् भने पौडेल मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ हुन् ।

वर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदै छ । २०७६ चैत २४ गते नियुक्ति पाएका उनले चैत २५ गतेदेखि कार्यभार सम्हालेका थिए । उनको पदावधि सकिन लाग्दै गर्दा सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रिया सुरु गरेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्छ । जुन समितिमा डेपुटी गभर्नरमध्ये एक जना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये एक जना सदस्य रहन्छन् ।

जस बमोजिम हाल डेपुटी गभर्नर रहेका निलम ढुङ्गाना, बमबहादुर मिश्रमध्ये एक जना पक्का सिफारिसमा पर्ने छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version