काठमाडौँ: पछिल्लो समयमा विवादित बनेको औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधानका सम्बन्धमा निजी क्षेत्रका छाता संस्थाहरु एक भएका छन् । उनीहरुले अघोषित रुपमा उद्योगहरुमा गरिएको लोडसेडिङ तत्काल हटाउन नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

नेपाल विद्युत प्राधिकरणले नेपालका उद्योगहरुमा लोडसेडिङ गर्दै विद्युत निर्यात गरेको परिसंघको आरोप छ । प्राधिकरणले दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम गरेको जानकारी दिँदै परिसंघले यथाशीग्र विद्युत नियमित गर्न आग्रह गरेको हो ।
यस्तै पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पु¥याएको नेपाल उद्योग वाणिज्य महासंघको ठहर छ । बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पु¥याई मर्मत, संभार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेको महासंघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

सरकारले स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनाएको परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version