काठमाडौं: पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका वडा नम्बर ७,८,९ १२ मा सञ्चालित इँटाभट्टा बन्द गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

स्थानीयले दिएको रिट निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चले परमादेश जारी गरेको हो ।
इँटाभट्टा बन्द गर्न माग गरिएको रिट निवेदनमा गत १२ चैतमा सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारंगा सुवेदीको इजलासले मागबमोजिम हुने फैसला गरेको हो ।

स्थानीय अभियन्ता श्रीकृष्ण धिमाललगायत ११ जना स्थानीयले १४ पुस ०७६ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

हिमालयन मल्टिप्रपोज कम्पनी प्रालि, नवदुर्गा भवानी इँटा उद्योग, उपकार चिम्नी इँटा उद्योग, जय भीमसेन इँटा उद्योग, वीर हनुमान ब्रिक फ्याक्ट्री, पलाञ्चोक भवानी फिक्स चिम्नी उद्योग, सुवर्णेश्वरी इँटा उद्योग, पलाञ्चोक भगवती ब्रिक फ्याक्ट्रीलगायत सञ्चालनमा छन् ।

यी सवै उद्योग, कृषि क्षेत्र, घनावस्ति , जंगल, विद्यालय , खोला , पुरातात्त्विक स्थल पोखरी मन्दिर राजकुलो , दरबार संग जोडिएर सञ्चालन गरिएका छन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version