काठमाडौँ: नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आगामी आइतबार सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भन्दै सांसदहरूलाई बैठकमा अनिवार्यरुपमा उपस्थित हुन र पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधन मार्फत प्रस्तुत गरिएको ‘आ.व. २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम’ लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ’, एमाले प्रमुख सचेतकले भनेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version