काठमाडौँ : साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोलीले पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको छ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा रेखा पौडेल एक्लैले सात गोल गरिन् । रेखाले खेलको चौथो, १७औँ, १९औं , ३२औँ र ३८औँ, ७१औँ र ७२औैँ मिनेटमा गोल गरिन् । त्यस्तै पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा सरु लिम्बूले एक गोल गरिन् ।

पहिलो हाफमा ६–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा छ गोल ग¥यो । नेपालका लागि ६७ औँ मिनेटमा रश्मीकुमारी घिसिङ, ८२ औँ मिनेटमा एलिसा जाम्बा, ८७ औँ मिनेटमा मञ्जलीकुमारी योञ्जन र खेलको अन्तिम मिनेटमा मनिषा राउतले एक÷एक गोल गरे ।

जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्कसमेत जोडेको छ । समूह ‘बी’मा रहेको नेपाललले दोस्रो खेल आगामी मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ । समूहको दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । समूह ए मा भारत, भूटान र श्रीलङ्का छन् ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकाश वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version