काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढाउनुपर्ने बताएका छन्।

पार्टीका स्थायी समितिका सदस्यलाई बोलाएर दशैँ, तिहार तथा छठपर्वका उपलक्ष्यमा नेता नेपालले आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले भने, “ पार्टीभित्र देखिएको समस्या र चुनौती निराकरण गरी पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढाउनुपर्छ ।”

नेता नेपालले पार्टीलाई विधि, पद्धति, प्रणाली र प्रक्रियाअनुसार अगाडि बढाउनुपर्ने उल्लेख गर्दै नेपाली जनताले निकै आशा र अपेक्षाका साथ पार्टीलाई मत दिएर जिताएको हुँदा सरकारले मुलुक, जनता र राष्ट्रप्रति गम्भीर भएर दायित्व पूरा गर्नुपर्ने बताएको पार्टीका नेता योगेश भट्टराईले जानकारी दिए।

पार्र्टी एकतापछि विकसित घटनाक्रमका बारेमा पार्टीका निर्णय प्रक्रिया, पार्र्टीको अवस्था, मुलुकको अवस्था, सरकारका सन्दर्भमा भएका टीकाटिप्पणीका विषयमा नेता नेपालले स्थायी समितिका सदस्यसँग राय लिने उद्देश्यले चियापानको आयोजना गरेको नेता भट्टराईले जानकारी दिए।

नेता नेपालले केन्द्रमा दुई पार्र्टीबीच एकता भइसकेपछि प्रदेश, जिल्ला तथा जनवर्गीय सङ्गठनबीचमा एकता गर्दा पार्र्टी प्रणाली कसरी स्थापित गर्न, केन्द्रीय निकाय, केन्द्रीय कमिटी, स्थायी कमिटीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरेको पनि उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version