‘गृहमन्त्रीसंग मात्रै होइन सरकारसंग सम्बन्धित छ भिजिट भिषा प्रकरण’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभई सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताए ।

‘यो विषय गृहमन्त्रीसँग मात्रै होइन, सरकारसँग पनि रिलेटेड छ,’ प्रचण्डले भने, ‘कम्तीमा पनि राजीनामा दिने स्थिति गृहमन्त्रीको आउँछ ।’

प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै नेसपा अध्यक्ष महिन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे ।

प्रचण्डले बाबुरामले धेरै तह उत्रेर आफूमाथि अभिव्यक्ति दिने गरेको र बाबुरामको काम नै माओवादीको विरोध गर्नु मात्रै रहेको जिकिर गरे ।

उनले एकता प्रक्रियामा बाबुराम भट्टरालाई आफूले छोडेको नभई बाबुराम नै पार्टी, आन्दोलन र मार्क्सवाद छाडेर भागेको टिप्पणी गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version