काठमाडौं: बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ थियो । वैशाख ९ गते सुनको भाउले हालसम्मकै उच्च मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ बनाएको रेकर्ड छ ।

सुनको भाउ घट्दा पनि चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९९५ रुपैयाँ रहेको चाँदी आज २ हजार ५ रुपैयाँ पुगेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version