काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए ।

कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्रीको भनाइ छ । तथापि २०८२ साउन १ देखि लागू हुने गरी सबै कर्मचारीले महँगी भत्ता पाउने उनको भनाइ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version