काठमाडौँ: वर्षासँगै खसेको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोला र दैलेखको जितेमा पहिरो खसेको हो।

पहिरो खस्दा सोमबार बिहानदेखि सवारी आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले आइतबार बेलुका देखिको वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जानकारी दिए।

अहिले जेसीभीको सहयोगमा पहिरो हटाउने काम भइरहेको छ।

यस्तै, कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो बगिरहेको कारण अहिले त्यहाँ सवारी सञ्चालन गर्न समस्या भएको जानकारी दिए।

पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको मेसिन मगाइएको छ।

सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्ला र सुर्खेत आवतजावत गर्ने मालबहाक तथा सार्वजनिक यातायातका साधन रोकिएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version