काठमाडौँ: बाढीले क्षति गर्दा एकसय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासहित चारवटा विद्युत् आयोजनामा क्षति पुगेको छ।

चिलिमे जलविद्युत् आयोजनाका सीईओ इन्जिनियर बाबुराजा महर्जनका अनुसार आज बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएकाे छ।

त्यहाँबाट उत्पादन हुने १११ मेगावाट जलविद्युत् अहिले पूर्णरुपमा ठप्प रहेको महर्जनले जानकारी दिए।

‘रसुवागढीसँगै ६० मेगावाट क्षमताको त्रिशूली-३ ‘ए’, २१ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको बेनीघाट जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ,’ महर्जनले भने, ‘बाढीले गरेको क्षतिको कारण आजबाट दुईसय मेगावाट क्षमताको प्रशारण लाइन पूर्णरुपमा अवरुद्ध छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version