बुटवल: काठमाडौँबाट दाङ जाँदै गरेको बस आइतबार बिहान कपिलवस्तुमा दुर्घटना भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ मा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीका अनुसार लु. प्र ०२००१ ख ००४५ नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो । बसमा ३० जना चढेकोमा २९ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उद्धार गरी सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटा पठाइएको छ । केहीलाई त्यहाँबाट बुटवल रिफर गरिएको छ ।

घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको डीएसपी अधिकारीले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version