काठमाडौँ: काठमाडौँको नागार्जुन नगरपालिकाको वडा नम्बर १ स्थित नगरपालिकाभित्र नै पहिलो पटक फाल्चासहितको नवनिर्मित “रानीवन उद्यान” संचालनमा आएको छ।

नागार्जुन नगरपालिका अन्तर्गत वडा नम्बर-१ को आफ्नै वार्षिक योजना र लक्ष अन्तर्गत वडाले नगरपालिका भित्रकै पहिलो फल्चासहितको अवधारणामा यो विश्राम तथा उद्यान संचालनमा ल्याएको हो। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले शनिबार एक विशेष कार्यक्रमकाबिच प्रमुख अतिथिको रुपमा सो उद्यानको समुद्घाटन गरेका छन्।

सो पार्क संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, बबरमहलको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको नागार्जुन नगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष रामेश्वर लामाले कार्यक्रममा बोल्दै जानकारी दिनुभयो। फाल्चा र पार्कसहितको अवधारणामा निर्मित यस संरचना सिंगो १० वटै वडाभित्रै पहिले भएकोसमेत उहाँले बताउनुभयो।

पार्कको कुल लागत ४८ लाख ५६ हजार ९६७ रुपैयाँ रहेको र सोको निर्माण कार्य कला विल्डर्स एण्ड सप्लायर्स प्रालिले काम थालेको करिव दुई महिनामा नै पार्कको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेको वडाध्यक्ष लामाले जानकारी दिनुभयो। पार्क कुल १४ आनाको सार्वजनिक जग्गामा निर्माण भएको पनि अध्यक्ष लामाले जानकारी दिनुभयो।

सार्वजनिक जग्गाको समरक्षण, संस्कृति र परम्पराको जगेर्ना तथा वडामा रहनुभएका विभिन्न उमेर समूह तथा विशेष गरी वृद्धवृद्धाहरुलाई यस पार्कले उहाँहरुको फुर्सदको समयमा आएर आफ्ना साथीभाई भेट गर्न, गफ गर्न, पार्कभित्र खुला ब्यायाम गर्न र मनोरन्जन लिनसमेत पार्क निकै लाभदाही हुने वडाले विश्वास लिएको छ। पार्क निर्माण पछि अव यसको उचित संरक्षण र सरक्षाको दृष्टिकोंडले पार्कमा छिट्टै नै सीसीक्यामेरा र अन्य सुरक्षा प्रवन्ध पनि गरिंदै लगिने वडाअध्यक्ष लामाले जानकारी दिनुभयो।

नागरिकहरु आफ्नो घरको समयमा परिवारमा रहंदा घरको चार भित्तामा र आफ्ना बालबच्चा र वृद्ध बुवाआमासंग सीमित रहनु परेको अवस्थामा यस खाले पार्कले सबैलाई एकै छिन भएपनि घर बाहिर निस्केर पार्क घुम्न आउंदा नागरिकमा एक प्रकारको छुट्टै मानसिक स्फुर्ती र सकारात्मक उर्जा आउनेसमेत विश्वास वडाले लिएको छ।

उद्धाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंहले वडाले केवल एउटा पार्कमात्रै निर्माण नगरेर नगरपालिकाभित्र रहेको सार्वजनिक जग्गाको संरक्षण र समुचित प्रयोग गरेको प्रति खुशी ब्यक्त गर्नुभयो। संघीय मन्त्रालयले देशभर सार्वजनिक जग्गाहरुको संरक्षण र भवन निर्माण संहिता अनुरुप आफ्ना घर तथा सार्वजनिक भौतिक संरचना निर्माणमा जोड दिंदै आएको पनि उपप्रधानमन्त्री सिंहले बताउनु भयो।

अहिले देशभर शुद्ध खानेपानीको अभाव भैरहेको र देशैभर पानीको स्रोतहरु सुक्दै गएको बेला आफ्नो मन्त्रालयले ग्राउण्ड रिचार्जको अवधारणा र मुख्य शहरहरुको नदी नाला दुषित भैरहेको समयमा सेफ़्टिक ट्यांक निर्माणलाई पुनः जोड दिंदै अनिवार्य गरिंदै लगिएकोसमेत जानकारी दिनुभयो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version