काठमाडौँ: सरकारको अग्रह अनुसार इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिको जनाएकाे छ।

वर्ल्ड लिंकले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन बमोजिम सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो।

‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नियमन गर्नका लागि हाम्रो कम्पनीलाई निर्देशन प्राप्त भएको छ,’ वर्ल्ड लिंकले जारी गरेको सूचनामा भनिएको छ,’ यसअनुसार वर्ल्ड लिंकको इन्टरनेट सेवामार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु अब प्रयोग गर्न नसकिने जानकारी गराउँछौँ।’

यसबाट पाठक वर्गमा परेको असुविधाप्रति वर्ल्ड लिंकले क्षमायाचना गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version