काठमाडौँ: जेनजी पुस्ताको प्रदर्शन काठमाडौँको माइतीघर क्षेत्रमा सुरु भएको छ।
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, भ्रष्टाचार तथा बेथितिको विरोधमा जेनजी पुस्ता सोमबार सडकमा उत्रिएको हो।
हजाराैँ युवाहरू बिहान ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका छन्। स्कुल, कजेजका ड्रेस लगाएर प्लेकार्डसहित युवा पुस्ता सडकमा आएको हो।
जेनजी पुस्ताले आज काठमाडाैँसहित देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्दैछ।
Facebook Comments Box

