काठमाडौं । कुलमान घिसिङले जेनजी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार गठन गर्नुपर्ने र अविलम्ब आम चुनाव गराउनु पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै घिसिङले जेनजी पुस्ताको समेत संलग्नतामा नयाँ सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

१९ जनाको ज्यान जाने घटना सामान्य नभएको भन्दै उनले वर्तमान राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी कबुल गर्दै पद त्याग गर्नुपर्ने समेत बताएका छन् ।

जेनजी पुस्ता देशको भविष्य भएको बताउँदै घिसिङले बुँदागत रुपमा लेखेका छन्, ‘यो पुस्ताको गुनासोलाई सम्वोधन गर्दै उनीहरूको सम्पूर्ण आकांक्षा पूरा गर्ने अवस्था सृजना गर्ने । राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी कबुल गर्दै पद त्याग गर्ने । जेनजी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार गठन गरी अविलम्व आम चुनाव गराउने ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version