काठमाडौँ: काठमाडौँ उपत्यका प्रहरी कार्यालय कार्यालय प्रमुखको जिम्मेवारी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले पाएका छन्।

एआईजी टेकबहादुर तामाङको अवकासपछि उपत्यका प्रहरी प्रमुख खालि थियो। निमित्त प्रमुखको जिम्मेवारी डीआईजी ओमबहादुर रानाले सम्हालेका थिए।

तर सोमबारको आन्दोलनमा प्रहरीको कमाण्डमा कमजोरी देखिएको र ठूलो मानवीय क्षति भएपछि एआईजी कार्कीलाई खटाइएको हो।

जेनजीको प्रदर्शमा अत्याधिक दमन गरेको आरोपपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन्।

कार्की यसअघि मानवश्रोत विकास विभागको प्रमुख थिए।

जेनजीले गरेको प्रदर्शनका क्रममा काठमाडौँमा १७ र सुनसरीमा दुई युवाको मृत्यु भएको छ। दोस्रो दिनपछि बिहानैदेखि प्रदर्शन भइरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version