काठमाडौँ:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू फेरि कारागार फर्किने बताएका छन्।

शनिबार एक भिडिओ सन्देश जारी गर्दै उनले न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेकाले आफूमाथि अब अन्याय नहुने विश्वासहित कारागार जान लागेकोब ताएका हुन्।

‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो,’ उनले भनेका छन्, ‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु।’

उनले आफू कारागारबाट निस्केको नभइ निकालिएको बताएका छन्। कागरागार जोगाउन आफूलाई लिनकालिएको लामिछानेको दाबी छ।

‘त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो,’ उनले भनेका छन्, ‘अहिले चिठि नै वैधानिक छैन भनेको सुन्छु। जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनलेले मलाई जोगाएको होइन, जेल जोगाएको हो। आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्नँ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version