काठमाडौँ:असोज २ गते, बिहीबार, नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको छ।

सत्ता परिवर्तनपछि कारोबार खुलेको पहिलो दिन, नियमित बजार खुलेको २ मिनेटमा नै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो।

११ बजेर २२ मिनेटको खुलेको बजारमा नेप्सेले गिरावटलाई निरन्तरता दिएपछि ११ बजेर २३ मिनेटमा नै नेप्से ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो। अब शेयर कारोबार ४० मिनेटपश्चात पुनः सुचारु हुनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version