काठमाडौं । काठमाडौंको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको थियो ।

उक्त आगलागी बिहान ९ बजेर १० मिनेटमा नियन्त्रणमा आएको चन्दले बताइन् । उनका अनुसार, अहिले क्षतिको विवरण संकलन हुँदैछ ।

आगलागी भएका तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् ।

नेपाली सेना र काठमाडौं–भक्तपुरमा उपलब्ध अन्य ९ वटा दमकल र तीन वटा पानी ट्यांकीबाट आगो नियन्त्रण गरिएको डीएसपी चन्दले बताइन् ।

आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version