काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । आज एकैदिन सुन तोलाको २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० पुगेको छ । बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज एक तोला चाँदी ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments Box

