काठमाडौँ: सरकारको अनुमतिविना काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी निवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकेकोविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेस गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको हो ।

अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकलाई स्थानहद तोक्नु कानुनविपरीत हुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतिविना काठमाडौं उपत्यका छाड्न नदिने निर्णय गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version