काठमाडौँ: नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

आइतबार माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलले १८ बुँदे सहमति गरेका हुन्।

माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।

उनीहरूले चुनाव चिन्ह पाँच कुने तारा तोकेका छन्। एकता पछि दलको नाम भने निर्णय भइसकेको छैन।

सहमति पत्रमा नेकपाका महासचिव चिरन पुन, नेकपा साजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।

पार्टीको सिद्धान्त मार्क्सवाद लेलिनवाद हुने उल्लेख छ। त्यस्तै आगामी ६ हिनाभित्र एकता राष्टरिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा भनिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version