काठमाडौँ: राष्ट्र बैंकले असोजमध्यमा गएको बाढी–पहिरोबाट प्रभावित उद्योगी व्यवसायीलाई कर्जाको भाका सार्न सक्ने सुविधा दिने भएको छ।

हालैको बाढी–पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि प्रवाहित कर्जाको न्यूनतम १० प्रतिशत ब्याज असुल गरेर एकपटकको लागि कर्जाको भाका सार्न सकिने सुविधा दिएको हो।

त्यस्तै, अब बैंक तथा वित्तीय संस्थाले महानगरपालिकामा रहेका शाखा राष्ट्र बैंकसँग अनुमति नलिएरै पनि समायोजन तथा एकीकरण गर्न सक्ने भएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version