काठमाडौँ: अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने घोषणा गरेकी छन्।

ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृहमन्त्री नोएमले डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने निर्णय भएको बताएकी हुन्।

गोलीकाण्डमा संलग्न भएका व्यक्ति डिभी लोटरी कार्यक्रमबाटै ८ वर्षअघि अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले त्यस्तो निर्देशन दिएको भनेर न्यूयोर्कबाट प्रकाशन हुने सिबिएस न्युजले जनाएको छ।

गृहमन्त्री नोएमले त्यसको जानकारी आफ्नो एक्स अकाउन्टमा पोस्ट लेखेर पनि दिएकी छन्।

‘यस्तो अपराधीलाई हाम्रो देशमा पस्न दिनु हुँदैन थियो,’ उनले भनेकी छन्।

अधिकारिहरूका अनुसार क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी नाम गरेका ४८ वर्षीय पोर्चुगिज नागरिक सन् २०१७ मा डिभीमार्फत अमेरिकामा प्रवेश गरेका थिए। अमेरिका प्रवेशको केही वर्षपछि उनले ग्रीन कार्ड पाएका थिए।

उनी २००० मा विद्यार्थी भिसामा ब्राउन विश्वविद्यालयमा स्नातकोत्तर पढ्न अमेरिका आएका थिए। त्यसको दुई वर्षमै उनी कलेजबाट बाहिरिएका थिए।

गोलीकाण्डको घटनापछि अमेरिकाले आप्रवासी नीतिमा कडाइ गरेको छ। सीमानामा पट्रोलिङ बढाउनेसँगै अन्य माध्यमबाट अमेरिका प्रवेश गर्ने माध्यममा समेत कडाइ गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version