काठमाडौँ: नेपाली कांग्रेस देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पक्षको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।
निर्वाचन आयोगले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वको समितिलाई दिलाएपछि पनि उनले पार्टी कार्यालय सानेपामै शनिबार विहान ८ बजेलाई बैठक बोलाएका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले खड्काको निर्देशन अनुसार भन्दै कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरुलाई अनिवार्य उपस्थित हुन भनेका छन्।
यसअघि खड्का नेतृत्वमा बसेको बैठकले महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट ५ वर्षका लागि निस्काशन गर्ने निर्णय गरेको थियो।
विशेष महाधिवेशन बोलाएका उनीहरुलाई खड्का नेतृत्वको बैठकले कारबाही गरे पनि निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई नै आधिकारिकता प्रदान गरेको छ।
आयोगमा अब थापा नेतृत्वकै कार्यसमिति आधिकारिक हुनेछ।

