काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छन्।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको उनले बताइन्।

तपाईंको नेतृत्वमा निर्वाचन भइरहेको छ, कस्तो लागिरहेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदै छ, म अत्यन्त खुसी छु।’

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् देशमा पहिलोपटक प्रतिनिधि सभा निर्वाचन भइरहेको हो।

आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो।

उक्त सरकारको मुख्य जिम्मेवारी यही निर्वाचन गराउनु हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version