काठमाडौँ: पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरबाटै शनिबार बिहान ५:४० बजे पक्राउ गरेको हो।

उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो।

गत भदौ २३ गते भएको जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए। यस दिन काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर १९ युवा मारिएका थिए।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीविरुद्ध फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्ने विषयमा छलफल गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version