काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीहरूलाई शपथग्रहण गराएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार उनीहरूलाई मन्त्री नियुक्तिको सिफारिस गरेका थिए । यसअघि गृहमन्त्री सुधन गुरुङ नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए । सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन् ।

महावीर पुन पनि जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री थिए ।
निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर उनी चुनावमा होमिएका थिए ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version