काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित/आंशिक परीक्षार्थीहरूको परीक्षाफल प्रकाशन गरेको छ।
आज असार ५ गते प्रकाशित नतिजाअनुसार सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको संख्या २ लाख ६८ हजार १९० छ।
तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिक तर्फ ३६ हजार ४२० छन्।
जम्मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसमा नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत छन्।
परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np तथा नेपाल टेलिकमको website: https://neb.ntc.net.np बाट हेर्न सकिनेछ।
Facebook Comments Box


