काठमाडौँ: विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकालेको छ । खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा, आयुसे उएडा र जे आइटोले गोल गरे ।

खेल सुरु भएको चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उएडाले उत्कृष्ट ‘लो स्ट्राइक’ मार्फत ३१ र ८३ मिनेटमा गोल गरेका हुन् । थापानका लागि ६९ मिनेटमा जे आइटोले गोल गरेका हुन् ।

पहिलो हाफमा दुई गोल गरेको जापानले दोस्रो हाफमा थप दुई गोल गरेको हो । आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको जापान आजको खेलमा विजयी भएसँगै अन्तिम ३२ नजिक पुगेको छ ।

लगातार दुई खेलमा पराजित भएको ट्युनिसिया समूह चरणबाटै बाहिरिएको छ । यसअघि पहिलो खेलमा ट्युनिसिया स्विडेनसँग पराजित भएको थियो ।

यो जितसँगै जापानले दुई खेलबाट चार अंक जोडेको छ । यो समूहमा समान खेल खेलेका नेदरल्यान्ड्स, जापान र स्वीडेनको समान चार चार अंक छ । गोल अन्तरका आधारमा नेदरल्यान्डस शीर्ष स्थानमा भने जापान र स्वीडेन दोस्रो र तेस्रो स्थानमा छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version