काठमाडौँ: आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुनेभएकाले सवैमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले यो समयमा त्यस्तो ठाउँमा नजान वा जानैपरे ख्याल गरेर आवतजावत गर्न भनिएको छ ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षा तीव्र हुने अनुमान गरिएको हो ।

मौसम विभागले जोखिमयूक्त ठाँउपहिले नै पहिचान गरी आफू सुरक्षित रहन पनि आग्रह गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version