काठमाडौँ : पेनाल्टी सुट आउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को जारी विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

निर्धारित समयमा दुवै टोलीले १- १ गोलको बराबरी खेलेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएको थियो। तर अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

मेक्सिकोको मोन्टेरे स्टेडियममा भर्खरै सकिएको खेलमा नेदरल्यान्ड्सलाई ३-४ ले पराजित गर्दै मोरक्को विजयी भएको हो। पेनाल्टीसुटआउटमा मोरक्कोले ३ र नेदरल्यान्ड्सले २ गोल मात्रै गर्न सक्यो।

मोरक्कोका गोलकिपर यासिन बोनोले नेदरल्यान्ड्सले प्रहार गरेको एक बल बचाउ गरे। उनी खेलमा नायक बने। दुवै टोलीका दुई-दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्।

मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे।

मोरक्कोका नेइल एल आइनाउइको प्रहार बाहिरियो भने कप्तान असरफ हाकिमीको प्रहार पनि पोस्टमा लागेर फर्कियो।

नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सके।

नेदरल्यान्ड्सका जस्टिन क्लुइभर्ट र क्विन्टन टिम्बरको पेनाल्टी प्रहार पोस्टमा लागेर बाहिरियो।

खेलमा नेदरल्यान्ड्सका गाक्पोले ७२औँ मिनेटमा पहिलो गोल गरेका थिए।

नेदरल्यान्ड्स जित नजिक पुगेको बेला मोरक्कोका इसा डिओपले इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसपछि खेल रोमाञ्चक बनेको हो।

यसअघि आजै बिहान सकिएको खेलमा चारपटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे पनि जारी विश्वकपको अन्तिम १६ (प्रिक्वार्टरफाइनल)मा प्रवेश गरेको थियो।

मंगलबार बिहान अमेरिकाको बोस्टन स्टेडिममा भएको खेलमा पाराग्वे पेनाल्टी सुटआउटमा ४–३ ले विजयी भएको हो।

यो हारसँगै चारपटकको विश्वविजेता जर्मनीको यात्रा भने जारी विश्वकपको सुरुवाती ३२ बाटै टुंगिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version