काठमाडौं: नेपाली बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

शुक्रबार तोलामा ९०० रूपैयाँले बढेको सुनको मूल्य आइतबार प्रतितोला ५ हजार ६०० रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ७०० रूपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार तोलामा ४ हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version