काठमाडौँ l रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानस्वरूप घटना भएको १३औँ दिन, सोमबार भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

भोटेकोशी बाढीले रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले राष्ट्रियस्तरमै शोक मनाउने निर्णय गरेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version