काठमाडौँ: प्रहरीले २९५ किलो अवैध लागु औषध गाँजा (चिप्पड) र ईन्धन बोक्ने ट्याङ्करसहित एक जना मानिसलाई मंगलबार पक्राउ गरको छ।

मकवानपुर जिल्लामा लागू औषध गाँजाको कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काठमाण्डौंबाट प्रहरी अधिकृत सहितको टोली खटिई गई खोजतलास गर्ने क्रममा बुधबार बिहान जिल्ला मकवानपुर मनहरी गाँउपालिका वडा नं-७ रमनटार स्थित लोकमार्गमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको ना ४ ख ३९६९ नं कोईन्धन बोक्ने ट्याङ्करलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्याङ्कर र त्यसका चालक ३८ वर्षीय प्रल्हाद ठकुरीलाई पक्राउ गरेको ब्युरो प्रमुख बिश्वराज पोखरेलले जानकारी दिए। ठकुरी जिल्ला बारा जितपुर सिमरा उप महानगरपालिका वडा नं २२ अम्लेखगंज घर भएका स्थ्याई नागरिक हुन् ।

ट्याङ्करमा रहेका ५ वटा चेम्बर मध्य २ वटा चेम्बरहरुमा प्लाष्टिकले बाँधी २२ वटा पोका बनाई लुकाई छिपाई भारत तर्फ लैजान लागिएको तयारी लागू औषध गाँजा (चिप्‍पड) २९५ किलो सहित उनले पक्राउ गरिएको हो।

बरामद गरिएको अवैध लागू औषध गाँजा चितवन तथा मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा उत्पादन भई संकलन गरी भारत तर्फ ओसार(पसार हुन लागेको प्रारम्भिक अनुसन्धानको क्रममाखुल्न आएको छ ।

बरामद गरिएको लागू औषध गाँजाको अबैध बजार मुल्य अन्दाजी४५ लाख बराबर पर्नजाने बुझिएको छ । पक्रउ प्रतिवादी उपर जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट थप अनुसन्धानभैरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version