काठमाडौँ: नेपाली सेनाद्वारा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौँ—तराईरमधेश द्रुर्तमार्ग (एक्सप्रेस वे) को मंगलबार जंगी अड्डामा एक कार्यक्रमकाबीच विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको लागि सुसङ ईन्जिनियरिङ कम्पनी लिमिटेडसंग औपचारिक हस्ताक्षर भएको छ।

काठमाण्डौँ—तराईरमधेश द्रुर्तमार्गका आयोजना प्रमुख प्रा. उपरथी योगेन्द्रबहादुर खाँण र कम्पनीका दक्षिण कोरियाका अध्यक्ष केहुन् वाङ्गबीच भ्याट सहित १० करोड १२ लाख ७८ हजार ९२३ रुपैयाँको लागतमा २०७५ कार्तिक ०४ गतेबाट डिपीआर निर्माण सुचारु गरी १०५ दिनको अवधिमा तयार गरी सक्ने गरी सम्झौतामा हस्ताक्षर भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ।

उक्त कार्यक्रममा नेपाली सेनाका अधिकृत र कम्पनीका दक्षिण कोरियाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version