काठमाडौं, असोज २९ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले २०८३ सालको फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण गरेका छन् ।

नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत असोज ३१ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने समारोहको तयारीबारे उनले आज असोज २९ गते निरीक्षण गरेका हुन् ।


निरीक्षणका क्रममा आर्थिक वर्ष २०८२र८३ मा सञ्चालित विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने सैनिक तथा युनिटलाई पुरस्कार र कदरपत्र प्रदान गरिएको छ।

साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिकलाई सम्मान, पदोन्नति प्राप्त सैनिकलाई दर्ज्यानी चिह्न तथा प्रकृति संरक्षणमा योगदान पुर्‍याउने सकलदर्जालाई प्रकृति संरक्षण पदक प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version