काठमाडौं: कहिले हवाई मार्ग त कहिले थल मार्ग जे भएपनि सुन तस्करीको बाटो भने बन्द भएको छैन। प्रहरीले मंगलबार राति तस्करीको पांच किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।

सुन तस्कर काठमाडौँमा प्रवेश गर्दै छ भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुको तीनपिप्लेबाट शेरबहादुर तामाङलाई पक्राउ गरेको हो।

१८ वर्षका तामाङ रसुवा गोसाइकुण्ड थमान-९ का हुन् । रसुवा नाकाबाट काठमाडौंसम्म सुन पुर्‍याउने जिम्मा दिएका उनले कम्मरमा सुन बोकेर ल्याएको, प्रहरी प्रमुख बसन्त कुमार लामाले बताए।

लामाका अनुसार उनी सार्वजनिक बस चढेर काठमाडौँ प्रवेश गर्दै थिए। उनले निजी गाडीमा बढी चेकजांच हुने भएकोले सो विकल्प प्रयोग गरेको प्रहरीलाई बयान दिएको छ।

लामाका अनुसार तामाङले सुन तस्करीका लागि ‘विच्याटमा’ सुनको डिल गरेका हुन्।

एक केजी बराबर ५० हजार र एक वर्षको कलेज शुल्क तिर्ने सहमतिपछि उनी सुन बोकेर काठमाडौं आएको खुलेको छ ।

उनले सुन कसलाई बुझाउन लागेका थिए भन्ने अझै खुलाइएको छैन। उनीसँगै सुराकी आएको र तामाङ पक्राउ पर्नासाथ सबै सम्पर्क टुटेको देखिएको प्रहरीले बताएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version