काठमाडौँ: महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० को सिसुवामा र पर्सा जिल्ला, विरगंज महानगरपालिका वडा नं १२ को श्रीपुरमा आफ्ना शाखा कार्यालयहरु विस्तार गरेको छ ।

सिसुवा शाखाको समुद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले र श्रीपुर शाखाको समुद्घाटन विरगंज महानगरपालिकाका मेयर विजय सरावगीले छुट्टा छुट्टै कार्यक्रमका बीच गरेका छन् ।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने, सञ्चालक श्याम सुन्दर रुगंटा तथा वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति रहेको बैंकद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता ब्यक्त गरे ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७६ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढी रहेको छ ।

महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ छ भने बैंकले हालसम्म करिब २६ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version