काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

भेटवार्तामा महासंघका अध्यक्ष राणाले दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी तथा आपसी हितका थुप्रै क्षेत्रहरू भएकाले संयुक्त सहकार्यलाई अगाडी बढाउन आर्थिक कुटनीतिमा जोड दिइन ।

अध्यक्ष राणाले आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी सम्भावित क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरिन।

राणाले नेपालमा विशेष गरेर कृषि, पर्यटन, उर्जा, भौतिक पूर्वाधार लगायतका विषयमा लगानीको सम्भावना धेरै रहेको जानकारी गराइन ।
राजदूत लेजेले फ्रान्स र नेपाल बीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउदै नियमित रूपमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान एवं सहकार्यका विषयमा गहनरूपमा भेटवार्ता एवं छलफल हुनुपर्नेमा जोड दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version