काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदको अनियमितता छानविन सुरु गरेको छ।

‘वाइडबडी जहाज खरिदमा भएको अनियमितामाथि छानविन सुरु गरिसक्यौँ,’ प्रतिनिधिसभा राज्य व्यवस्था समितिको बैठकमा बुधवार अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भने, ‘भ्रष्टाचारमा संलग्न जो–कोहीलार्ई कारवाहीको दायरामा ल्याउँछौं।’

एयरलाइन्सले दुइटा वाइडबडी विमान उत्पादक कम्पनीसँग नकिनी बिचौलियासँग करिब २४ अर्ब रुपैयाँमा किनेको थियो। त्यसमा बिचौलियाका नाटकीय कम्पनी खोलिएका थिए। त्यसको म्याक्सिमम टेक–अफ वेट (एमटीओडब्लु) समेत सम्झौताभन्दा कम ल्याएको थियो। त्यसमा अन्नपूर्ण पोस्ट्ले अनुसन्धानमूलक शृंखलाबद्ध सामग्री प्रकाशन गर्दै आएको छ। यो समाचार आजको अन्नपुर्ण पोस्टमा छ ।

अख्तियारले जननिर्वाचित पदाधिकारी ठेक्कापट्टामा लाग्दा स्थानीय तहमा व्यापक भ्रष्टाचार बढेको भन्दै संसदको ध्यानाकर्षण गराएको छ। स्थानीय तहका पदाधिकारी आर्फैले एक्जाभेटर किन्ने, मनलाग्दी भाडा असुल्ने र आफै ठेक्कापट्टामा संलग्न हुने प्रवत्ति बढेका कारण त्यहाँका उजुरीका चाङ्ग लागेको अख्तियारको भनाई छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version