काठमाडौँः दशैको मुखमा चिनीको मूल्य वृद्धि भएको भन्दै विरोध भइरहेका बेला, व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ६३ रूपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको हो ।

यस्तै चिनीको मूल्य बृद्धिको सन्दर्भमा थप छानविन गर्न समितिले ५ सदस्यीय उपसमिति गठन गरेको छ।उपसमितिका संयोजक लेखराज भट्ट तोकिएका छन । चाडपर्व नजिकिएसँगै चिनी लगायत खाद्य वस्तुको मूल्य वृद्धि भएको भन्दै सो विषयमा अध्ययन र छानविन गरी आउने ७ दिनभित्र प्रतिवेदन बुझाउन समितिले समय तोकेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version