काठमाडौँ: मूलपानीमा गएराति प्रहरीले एक जुवा घरमा छापा मारेको छ । संगठित रुपमा जुवा खोलाइरहेको सूचनाका आधारमा प्रहरी परिसर काठमाडौंले शुक्रबार राति साढे ९ बजे मुलपानी–७ का तेन्दु शेर्पाको घरमा छापा मारेको थियो ।

जुवा घरमा छापा मार्नेक्रममा घरको छतबाट भाग्न खोज्दा छतबाट खसेर गम्भिर घाइते भएका मध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंकाअनुसार हाम फाल्ने सरोज घले र सोमलाल तामाङको उपचारका क्रममा राति नै मृत्यु भएको हो ।

प्रहरीले जुवा अखडाबाट २४ जना जुवाडे र ४ लाख ५८ हजार रुपैंया बरामद गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version