काठमाडौँः पन्ध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मिलनविक्रम सिजापतिले जितेका छन् ।

नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको सो प्रतियोगिताअन्तर्गत ८० केजी तौल समूहभन्दामाथिको समूहबाट प्रतिष्पर्धा गरेका सिजापतिले सो तौल समूहको विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । फाइनल राउण्डमा सिजापतिले छ प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । उपाधिसँगै सिजापतिले रु पाँच लाख प्राप्त गरेका छन् ।

त्यस्तै महेश महर्जन द्वितीय, रामबहादुर दाहाल तृतीय, प्रवेश श्रेष्ठ चौथो, सञ्जीव श्रेष्ठ पाँचौँ, आशिष देवाजु छैटौँ र सुरेश खत्री सातौँ भए । उनीहरुले क्रमशः रु दुई लाख, एक लाख, ९० हजार, ८० हजार, ७५ हजार र ६० हजार प्राप्त गरे । ५५, ६०, ६५, ७०, ७०, ८०, ८० केजीमाथिका समूह विजेतालाई अन्तिममा प्रतिष्पर्धा गराई विजेता, उपविजेता छनोट गरिएको हो ।

समूह विजेता रु ३० हजार, उपविजेताले रु २५ हजार तृतीय हुनेले रु २० हजार प्राप्त गरे । प्रतियोगिताका विजेतालाई उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाली काङ्ग्रेसका नेता भीमसेनदास प्रधानलगायतले पदक तथा नगद पुरस्कार प्रदान गरे ।

शुक्रबार भएको प्रिजजिङ राउण्डको ५५ केजी तौल समूहबाट भक्तपुरका कृष्ण दास दिवाकर, गोकर्णका सुजन गुरुङ, बुटवलका अनिल आले, बालाजुका आवाज प्याकुरेल, डेभिड बलामी र सरेश खत्री फाइनल चरणमा प्रवेश गरेका थिए । साठी केजी तौल समूहबाट गौरव श्रेष्ठ, यदु विश्वकर्मा, शैलेन्द्र शर्मा, सुजन तामाङ, मानबहादुर चौधरी र आशिष डेबाजु छनोट भएका थिए ।

त्यस्तै ६५ केजी तौल समूहबाट नेपालगञ्जका श्रीतोष चापाली, रोजित बज्राचार्य, विजेन्द्रमान श्रेष्ठ, विवेक विष्ट, सुपेन डङ्गोल, रामबहादुर दाहाल तथा ७० केजी तौल समूहबाट ढल्कुका उज्वल राज बज्राचार्य, किरण यादव, समीर श्रेष्ठ, बद्री श्रेष्ठ, किरण श्रेष्ठ र सन्दीप श्रेष्ठ पनि फाइनल चरणका लागि छनोट थिए ।

रोजित बज्राचार्य, विजेन्द्रमान श्रेष्ठ, विवेक विष्ट, सुपेन डङ्गोल, रामबहादुर दाहाल तथा ७० केजी तौल समूहबाट ढल्कुका उज्ज्वलराज बज्राचार्य, किरण यादव, समीर श्रेष्ठ, बद्री श्रेष्ठ, किरण श्रेष्ठ र सन्दीप श्रेष्ठ पनि फाइनल चरणको लागि छनोट भएका थिए ।

त्यस्तै ७५ केजी तौल समूहबाट झापाका ललित धिमाल, अशोक महर्जन, प्रवेश श्रेष्ठ, नवीन राना, सुरेश खड्का र प्रवेश केसी तथा ८० केजी तौल समूहबाट सर्खेतका विष्णु विश्वकर्मा, उज्ज्वल बज्राचार्य, महेश्वर मर्हजन, प्रविन शाही, विशाल कँडेल र यमन लामाले पनि फाइनल चरणको यात्रा तय गर्न सफल भएका छन् । प्रतियोगितामा देशभरिबाट ४०० खेलाडीको सहभागिता रहेको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए ।

धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको १५औँ संस्करणसम्म आइपुग्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ । शहीद धर्मभक्त माथेमाको सम्झनामा हरेक दुई÷दुई वर्षमा आयोजना गर्दै आइरहेको यो प्रतियोगिताको मुख्य उद्देश्य नयाँ खेलाडी उत्पादन गर्नु रहेको प्रधानले बताए ।

यसै अवसरमा शारीरिक सुगठनका पूर्वखेलाडी शिवलाल श्रेष्ठलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरियो । श्रेष्ठलाई उपराष्ट्रपति पुनले रु ५५ हजार ५५५ सहित सम्मानपत्रले सम्मान गरे । शारीरिक खेलको विकास र विस्तारमा श्रेष्ठले पु¥याएका योगदानको कदर गर्दै सो सम्मान दिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version