काठमाडौँ: साताको पहिलो कारोवारको दिन आइतबार पूँजी बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) १३ दशमलब ०१ अंकले घटेर एक हजार २१४ दशमलब ३६ अंकमा पुगेर बजार बन्द भएको छ ।

आजको कारोवारमा उत्पादन मूलक र अन्य समूहको परिसूचक बाहेक सबै समूहको परिसूचकमा गिरावट झरेको छ ।

सबै भन्दा बढी निर्जीवन बीमा सामूहको परिसूचक १०२ दशमलब २५ अंक र जीवन बीमा ५४ दशमलब २९ अंकले घटेको छ भने होटल ३७ दशमलब २२ अंक, विकास बैंक २१ दशमलब २२ अंक र बाणिज्य बैंक १३ दशमलब ५२ अंकले घटेको छ ।

त्यसैगरि, जलबिधुत दुई दशमलब ८३ अंक, बित्त ५ दशमलब ८८ अंक र लघुवित्त १८ दशमलब ८६ अंकले घटेको छ ।

यधपी, उत्पादन समुहको परिसूचक दुई दशमलब ५९ अंक र अन्य समूहको परिसूचक शुन्य दशमलब ९२ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार ७४५ कारोबारबाट ४० करोड ७५ लाख १ हजार ४८१ रुपैयाँ बराबरका १३ लाख ३७ हजार ५२६ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version