काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । उहाँका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ । सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version